देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा सिटीको फाराकिलो जित

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।

ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे ।

अन्तिम मिनेटमा ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काउदै खेललाई बराबरीमा पुर्‍याए ।

यो खेलमा लिरभपुलका स्टार खेलाडिहरु मोहोमद सालाह र सािदयो मानेले दुई वटा पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेमाथि ५–० को फराकिलो जित निकाल्यो ।

सिटीको जितमा रियाद माहारेजको ह्याट्रिक तथा बेन्जामिन मेन्डी र फेरान टोरेसको एक एक गोल सामेल थियो ।

गएराति नैं लिड्स युनाईटेडले एभर्टनलाई १–० ले हराउँदा वेष्ट ब्रोमले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्‍यो । जारी लिगमा वेष्ट ब्रोमको यो पहिलो जित हो ।