देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

देशान्तर

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ ।

काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ । उनीसँगै प्रतिस्पर्धामा रहेका इडी कोम्बोइगोले जम्मा १५ दशमलव ४८ प्रतिशत मत ल्याएर दोस्रो भए भने अर्का उम्मेदवार जेफिरिन डिएब्रेले १२ दशमलव ४६ प्रतिशत मत मात्रै पाएका थिए ।