देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा आज

देशान्तर


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभाको उद्घाटन आज हुँदैछ । निजी क्षेत्रको सबै भन्दा ठूलो संगठन महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट गर्ने भएका छन् ।

महासंघले सहभागी हुनका लागि बुधबार जुमको युजर र पासवर्ड समेत सार्वजनिक गरेको छ । उद्घाटन मात्रै होइन बन्द शत्र समेत जुमबाटै हुने महासंघले जनाएको छ ।

महासंघको उद्घाटन शत्र आज हुने छ भने बन्द शत्र शुक्रबार हुनेछ । बन्द शत्र सकिए पछि १३ गते भने निर्वाचन हुने छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । यसैबीच महासंघको शनिबार हुने निर्वाचनका लागि तीन स्थान तय भएको छ ।

महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने महासंघले जनाएको छ ।

मतदाताहरु कोही संक्रमित भए चाँडै जानकारी गराउन समेत महासंघले आग्रह गरेको छ । यसअघि तोकिएका तीन स्थानमा नै मतदान गराउने महासंघको निर्वाचन समितिले निर्णय गरेको हो । महासंघको सचिवालयले दिएको जानकारी अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङ्क्वेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गरिनेछ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । शनिबार बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्क्वेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइने भएको छ ।