देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इथियोपियामा जारी द्वन्द्व अन्त नभए मानवीय संघट आउने राष्ट्रसंघको चेतावनी

देशान्तर

इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै त्यहाँका नागरिकको सुरक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

तीन सातादेखि सरकारी सेना र विद्रोहीबीच जारी संघर्ष अन्त्यका लगि सरकारले अल्टिमेटम दिएसँगै सर्वसाधारणको रक्षाको विषयलाई लिएर राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

विद्रोही र सरकारी सेनाबीच जारी युद्धकै कारण यसअघि नै हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।

सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।

यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ । उनीहरुले युद्धलाई जारी राख्नेसमते घोषणा गरेको समाचारमा जनाइएको छ ।

यसैबीच मानवअधिकार आयोगले इथियोपियामा यो महिनामा तिग्रे क्षेत्रमा विद्रोहीले युवाहरुको नरसंहार गरेको दावी गरेको छ ।

विद्रोहीले ६ हजार भन्दा बढी मानवअधिकार उल्लंघनका घटना गरेको दावी गरेको छ । जसमा व्यक्ति हत्या सबैभन्दा बढी रहेको मानवअधिकारवादीले जनाएका छन् ।