देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते

देशान्तर

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका -१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका ५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका ५ का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका(२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका ४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए । मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको डीएसपी अधिकारीले बताए ।