देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेश्माको नसालु आखाँमा भवानी लठ्ठै भए

देशान्तर

काठमाडाैँ – गायक ज्ञानु वमको अर्को नयाँ गीत नसालु आँखाले सार्वजनीक भएको छ । सुदुरधमाका नामक युटुव च्यानल वाट गायक वमको नयाँ डिजे गित सार्वजनीक भएको हो । गीतमा गायक वमलाई चर्चीत देउडा गायीका रेखा जोशीले साथ दिएकी छन् । युटुवमा आएको छोटो समयमै गीतले निकै चर्चा वटुलीरहेको गायक वमले वताएका छन् ।

पदम धामीको शव्दमा तयार भएको गितमा गायक ज्ञानु वमकै संगीत रहेको छ भने गितको एरेन्ज पुस्कर खत्रीले गरेका हुन् । विच विचमा ¥याप समेत समावेश गरीएको गितमा ¥यापरको रुपमा मिलन क्षेत्रीको आवाज छ । धनगढी र सुदुरपश्चिमको प्रवेशद्धार रमणीय स्थल कर्णाली चिसमपानीमा छायाङ्कन गरीएको गितको म्युजिक भिडियो निकै आकर्षक वनेको छ । चर्चित मोडल तथा निर्देशक भवानी रेग्मीले अभिनय गरेको भिडियोमा भवानीलाई मोडेलका रुपमा रेश्मा विष्टले साथ दिएकी छन् ।

रेश्माको नसालु आखामा लठ्ठै भएका भवानीले माया प्रेमको प्रसंग जोडीएको गितमा वेस्सरी कम्मर मर्काएका छन् । गितको भिडियोलाई त्रिवेन्द्र कर्णले निर्देशन गरेका हुन भने छायाङ्कन प्रकाश नगरीले गरेका हुन् । आर पी जोशीले सम्पादन गरेको भिडियोलाई सुदुर धमाका म्युजिकले पोष्ट प्रोडकस्नको काम गरेको छ ।