देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रत्नपार्कको नाम बदल्ने निर्णयप्रति राप्रपाको आपत्ति, निर्णय सच्याउन कमल थापाको चेतावनी

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौँ महानगरले रत्नपार्कको नाम बदलेर ‘शंखधर उधान’ बनाएको थियो ।

अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत भएको भन्दै इतिहास मेटाउने कार्य अस्वीकार रहेको चेतावनी दिएका छन् । उनले तुरुन्त निर्णय सच्याउन महानगरलाई आग्रह गर्दै द्वन्द ननिम्त्याउन समेत अनुरोध गरेका छन् ।

अध्यक्ष थापाले जबर्जस्ती गरेमा अवरोध गर्ने चेतावनी दिदै महानगरले शंखधर जस्तो राष्ट्रिय बिभुतिको अरु कसैको नाममा रहेको र व्यापक प्रचलनमा आएको पार्कको नाम बदलेर अवमुल्यन गरेको बताएका छन् ।

उनले भनेका छन् –

रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।