देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्रालयद्वारा चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परिक्षण गर्ने चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयले परिक्षणपछि नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नमुना तीन महिनासम्म सुरक्षित गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै स्पष्टिकरण सोधेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।