देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

देशान्तर

काठमाडौं । अब विदेशबाट नेपाल आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिमा राख्ने निर्णय भएको बताए । यसका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने पनि उनले बताए ।

क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएका व्यक्तिको मात्र परीक्षण गरिने गौतमले बताए । यसअघि पनि विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिमा राख्ने गरिएपनि पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन ।