देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारती र हर्षलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठायो

देशान्तर

काठमाडौँ – बलिवुडकी चर्चित हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अदालतले चार डिसेम्बरसम्म न्यायिक हिरासतमा पठाएको छ । मुम्बईस्थित अदालतले भारती र हर्षलाई १४ दिनकालागि न्यायिक हिरासतमा पठाएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो ९एनसीबी० ले कमेडियन भारती सिंहलाई शनिबार र उनका पति हर्ष लिम्बाचियालाई आइतबार बिहान हिरासतमा लिएको थियो ।

आइतबार भारतीलाई बयानपछि हिरासतमा लिएको थियो भने हर्षसँग १५ घण्टासम्म बयान लिएपछि उनलाई पनि हिरासतमा लिएको जनाएको थियो । बयानका क्रममा भारती र हर्ष दुवैले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको बताइएको छ । शनिबार उनको कार्यलय र घरमा छापा मार्दा गाजा बरामद भएको थियो । एनसीबीले भारती र हर्षको घरबाट ८६.५ ग्राम गाँजा बरामद गरेको जानकारी दिदै उनीहरुलाई मादक पदार्थ सेवनसम्बन्धि कानुन अन्तर्गत हिरासतमा लिएको बताएको छ ।

एनसीबीले भारती र उनका पति हर्षलाई आज अदालतमा पेश गरेको थियो । एनसीबीले भारती र उनका पति हर्षका म्यानेजर र ड्राइभरसँग समेत बयान लिएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुले ड्रग्स किन्ने ठाउको समेत पत्ता लागेको बताइएको छ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ । यस अघि एनसीबीले अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ ।

एनसीबीले निशाना बनाएका मुम्बई र गोवामा रहेका सेलिब्रेटी बस्ने होटल र उनीहरुका निजी फार्म हाउसमा गरिएको छापा मारीमा अहिलेसम्म ड्रग्स नभेटिएको बताइएको छ । एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।