देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमेडियन भारती र उनका पति लागू औषध काण्डमा पक्राउ

देशान्तर

भारतीय चर्चित कमेडियन भारती सिंह र उनका पति हर्षलाई लागू औषध दुर्वेसनीमा पक्राउ गरिएको छ । 

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पहिला भारती र पछि उनका पछि हर्ष लिम्बचियालाई पक्राउ गरेको एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले पुष्टि गरेका छन् ।

भारती र हर्षको घरमा छापा मार्दा गाँजा बरामद भएको थियो । बयानका क्रममा दुवै जनाले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् ।

 एनसीबीले उनीहरुले कहाँबाट गाँजा लिएको भन्ने कुराको पनि पत्ता लागेको जनाएको छ ।

अनुसन्धानकै क्रममा रहेकाले थप तथ्य सार्वजनिक नगरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।