देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको अहमदाबादमा आजदेखि रातमा कर्फ्यु

देशान्तर

काठमाण्डाै – भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने  निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।

अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोना सङ्क्रमितको सङ्ख्या झण्डै २ लाख नजिक छ । त्यहाँ एक लाख ९२ हजार ९ सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन्  । यस्तै ३ हजार ८ सय ३० जनाको ज्यान गइसकेको छ । यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णय गरिसकेको छ ।