देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरको बालकुमारीमा भीषण आगलागी , थप विवरण आउन बाँकी

देशान्तर

काठमाडौ । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।

घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी ) टेकप्रसाद राईले जानकारी दिए । राई आफै घटनास्थलमा पुगेका छन् ।

आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।