देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिणकालीमा सेलरोटी पाक कलाको प्रतियोगिता सम्पन्न, उत्कृष्ट तीन समूहले पाए पुरस्कार

देशान्तर

दक्षिणकाली (काठमाडौं) । दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलीकता र बजारीकरण गर्ने उदेश्यले ब्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएका छ । शुभ दिपावाली नजिकै जादा तिहारमा पकाइने मुख्य परिकार मध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्दन गर्ने उद्देश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन ब्यवसायीहरुले गत मंगलबार आयोजित प्रतियोगितामा सहभागिता जनाएका थिए ।

ललितपुर सातदोबाटोस्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जन भन्दा बढि संघसस्थाको सयुक्त आयोजनामा (सेलरोटीको स्वाद) ‘टेष्ट अफ नेप्लीज फुड : द नेक्स्ट डेस्टिनेशन सिरिज’ अन्तरगर्तको पहिलो कार्यक्रम सम्पन्न भएको हो । नेपाली मौलीक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलीकता तथा बजार प्रवर्दन गर्ने उदेश्यले कर्मा मिडियाको ब्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागि ब्यवसायीलाई ३ समुहमा बिभाजन गरि सेफहरुको ३ ओटा निर्णायक मण्डलीले तयारी, मौलीकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट तीन ब्यवसायीको छनौट गरेका थिए ।

प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ्ग दित्तिय र बालकृष्ण श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल भए । उनिहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरे ।

समापन कार्यक्रममा बोल्दै मेयर बस्नेतले दक्षिणकाली क्षृेत्रको पहिचान अब सेलरोटीले चिनाउने बिश्वास ब्यक्त गरे । नगरपालिकाले देशका उद्योगी ब्यवसायीहरुलाई यस क्षेत्रको पर्यटन प्रवर्दन र उद्योगमा लगानी गर्न बिशेष नीति लिएको बताए ।

होटल एसोसिएसन अफ नेपाल हानका उपाध्यक्ष बिनायक शाहले कोभिडका कारण पर्यटन बर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रममा ब्यवसायीमा हौसला बढ्ने र गुठस्तर बढ्दै जादा त्यसको खपत पनि बढ्ने बताए।

बिश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकमा आफ्नै मौलीक खाना, मेनुमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एयरलाइन्सले सेलरोटी जस्तो मौलीक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने बताए ।

नेपालका पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केशीले (सेलरोटीको स्वाद)मार्फत मौलीक खानाको बिश्व बजारीकरणमा जुटेका सबैलाई एउटै शुत्रमा बाधेको बताए । कार्यक्रम मुलक आयोजक कमिटिका संयोजक एवम् आइएचएम कलेजका निर्देशक सुराच प्रसाईले नेपाली मौलीक खानाको प्रवर्दशनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलीकता प्रवर्दनमा एकता, सहकार्य र सम्मानको नया अध्याय सुरु गरेको बताए ।

कार्यक्रममा कोभिडबाट भोकभाकै परेका अति बिपन्न र असाहयहरुलाई खाना खुवाउने अभियानमा सक्रिय सेफ टेकनाथ नेपाल र सेफ शिबहरी घिमिरे तथा मौलीक खानाको प्रचार र होम स्टे ब्यवस्थापनमा बिशेष योगदान पुर्याएबापत सेफ मोहन गजुरेललाई सम्मान गरिएको थियो ।