देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती नगरपालिकाका करिब २ सय नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

देशान्तर

सर्लाही । बागमती नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट करिब २०० जनाभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार साँझ बागमती नगरपालिका–६ गुम्बा टोलमा सम्पन्न शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका २०० भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सहसचिव डोरप्रसाद भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेस सर्लाही–काठमाडौं सम्पर्क समितिको आयोजना रहेको कार्यक्रममा पुर्व संचार राज्यमन्त्री एवं कांग्रेस नेता गोबिन्द बहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व सांसद् रामहरि खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व सांसद् हरेश महतो, प्रदेश सांसद् बीरेन्द्र प्रसाद सिंह, पेमा योन्जन, महिला नेतृ मैया बस्नेत, कांग्रेस जिल्ला समिति सदस्य कृष्णजंग रायमाझी लगायतको आतिथ्यता रहेको थियो । सम्पर्क समितिका अध्यक्ष दानबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव एवं युवा नेता निरोज कार्कीले गरेका थिए ।