देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको खोपमा नयाँ सफलता, ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी

देशान्तर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार उत्र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो ।

यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ ।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’

हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ ।

उत्पादकका अनुसार यसले यो वर्षको अन्त्य सम्ममै ५ करोड डोज आपूर्ति गर्न सक्छ भने २०२१ को अन्त्यतिर १।३ अर्ब भन्दा बढी उपलब्ध गराउन सक्ने बताएको छ । तर यसमा एक मात्र ठूलो चुनौति के छ भने सो खोपलाई ‘माइनस ८० डिग्री’ भन्दा कम तापमानको अधिक चिसोमा स्टोर गरि राख्नुपर्ने हुन्छ । त्यसैगरी यसबाट प्राप्त इम्युनिटी कतिन्जेलसम्म रहन सक्छ भन्ने प्रश्न पनि रहेको छ । –बीबीसी