देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीके राउतको पार्टी फुट्यो, महतोले बनाए ‘स्वाधीन मधेस जनअभियान’

देशान्तर

जनकपुर । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन पार्टी फुटेको छ । सोही गठबन्धनका सहसंयोजक कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ नामक संगठन घोषणा गर्दै पार्टी फुटाएका हुन् ।

महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरिएको छ ।

समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) लाई चयन गरिएको छ ।

संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको जानकारी गराएका छन् । उनले काठमाडौं र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने पनि बताए ।

महतोले आफूले स्वतन्त्र र राजनीतिक अभियान शुरु गरेको भन्दै मधेससँग राज्यले गरेका विगतका सम्पूर्ण सहमति र सम्झौताहरुको खोजतलास गरी उचित व्याख्या र विश्लेषणको आधारमा कार्यान्वयन गर्न दबाब दिने पनि घोषणा गरेका छन् ।