देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केशव सापकोटाको संगितमा ‘वरवर आँशु ‘ बजारमा

देशान्तर

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझी र गायक विरेन्द्र बुढाको बरबर आँशुु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शक्तिराम डीसीको शब्द चयनमा केशव सापकोटाले संगीत भरेको गीतको भिडियोमा किशोर खत्री, रेजिना बिष्ट र महिमा गिरीको अभिनय रहेको छ ।

सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडिओलाई राजेश घिमिरे र दीपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

जनता डिजिटल्सले बजारमा ल्याएको यो म्युजिक भिडिओ छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ ।