काठमाडौं । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने आन्योलमा परेको छ । यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको हो ।
भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो देखाएका छैनन् । आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरु सामेल हुन नचाहेको देखिएको छ । पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेश आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् ।
सरकार परिवर्तन गर्न हुन्न भनेर कडा रुपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया