देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अल्फा केयरले ७ घण्टामै रिपोर्ट दिने, घरघर पुगेर परीक्षण

देशान्तर

काठमाडौं । अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले घरघरमा गएर स्वाब संकलन गर्ने सेवा थालेको छ । अमेरिकामा निर्मित प्रविधि भित्र्याएर स्वाब संकलन गरेर कोरोनाको परीक्षण घरघरमा पुगेर गरिरहेको अल्फा सेन्टरले जानकारी दिएको हो ।

गत सातादेखि सेवा सञ्चालन गरेको सो सेन्टरले ५ सयभन्दा धेरै सर्वसाधारणको घरैमा पुगेर स्वाब संकलन गरेको जनाएको छ । सेन्टरले (ए ग्रेड) ल्याबको सञ्चालनसहित स्वास्थ्य सेवा दिएको जानकारी दिएको छ । तत्काल उपत्यकाभित्र र चाँडै देशभर कोरोना न्यूनीकरणका लागि घरघरसम्म पुगेर स्वाब संकलन गर्ने सेवा दिन थालेको सेन्टरका प्रबन्धक निर्देशक डा. विदुर वस्तीले जानकारी दिए ।

सेन्टरमा अत्याधुनिक उपकरण र विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रविधिको प्रयोग गरेर कोरोना भाइरसको पीसीआर र ओपीटी परीक्षण हुने निर्देशक डा. वस्तीले बताए । सेन्टरसँग देशभित्र कोरोना भाइरसको जोखिम र संक्रमण बढ्दै गएपछि विभिन्न मेडिकल क्षेत्रमा अध्ययन र अनुसन्धानमा सहभागी भइसकेका विशेषज्ञ डाक्टरहरू आवद्ध रहेको उनको भनाइ छ ।

सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना (पीसीआर) परीक्षण, सामान्य मेडिकल जाँच, अन्य विभिन्न किसिमका स्वास्थ्य परीक्षण र मृत्यु भएका मान्छेको तत्काल पोष्टमार्टम जाँच गर्ने सेवासमेत सुुरु गर्ने भएको छ । सरकारले तोकेको २ हजार शुल्क लिएर घरघरमा पुगेर स्वाब संकलन भइरहेको सेन्टरले जानकारी दिएको छ ।

यसरी स्वाब संकलन गरेको व्यक्तिको ७ घण्टाभित्र रिपोर्ट आउँछ । सेन्टरले कोरोना परीक्षण गरेका व्यक्तिलाई रिपोर्टका लागि धेरै समय कुर्नु नपर्ने गरी सेवा दिइरहेको छ ।

विशेषतः वैदेशिक रोजगारीमा जाने कामदारका हकमा चाँडै कोरोना परीक्षणको रिपोर्ट आए उनीहरू छिट्टै जान पाउँछन् । सेन्टरले दिएको सेवाले विदेशी कामदारका हकमा भने फाइदा पुगेको छ । सेन्टर सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी भएको सेन्टरले जनाएको छ ।

कसैले कोरोना परिक्षणका लागि अल्फा सेन्टरमा सम्र्पक गरेपछि सेन्टरले लोकेशन हेरी तत्काल टोली पठाउने गरेको छ । प्राय घरघरमा स्वाव संकलनका लागि सवारी साधान पनि तयारी अवस्थामा राखेको सेन्टरले जानकारी दिएको छ । ३९ जना स्वास्थ्यकर्मीसँग डाक्टर सेन्टरमा कार्यरत छन् ।