देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको सेयर : नेप्से १६ सय ४५ अंकमा

देशान्तर

काठमाडौ – यो साता नेप्से १६ सय ४५ दसमलव ६७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय २८ दसमलव चार अंकमा पुगेको छ । यो साता कुुल एक सय ९१ वटा कम्पनीहरुको ८४ हजार पाँच सय २७ पटकको कारोवारमा एक करोड ९९ लाख ५७ हजार छ सय ९२ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ७६ करोड ३६ लाख ८८ हजार नौ सय १४ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो । 

गत साता भने नेप्सेमा एक सय ९१ वटा कम्पनीहरुको एक लाख तीन हजार पाँच सय ६० पटकको कारोवारमा दुई करोड ४५ लाख ८५ हजार नौ सय ८९ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब तीन करोड आठ लाख ७५ हजार तीन सय ५८ रुपैयाँ पुगेको थियो । यो साता नेप्से दुई कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये चौथो दिन नेप्से बढेपनि पाँचौं दिन भने घटेको थियो । 

दशैंका कारण बिदा परेकाले यो साता पहिलो, दोस्र्रो र तेस्रो दिन नेप्से बन्द रहेको थियो । चौथो दिन भने नेप्से ४१ दसमलव दुई अंकले बढेर १६ सय ४७ दसमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव २१ अंकले बढेर तीन सय २७ दसमलव ७६ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से एक दसमलव ७८ अंकले घटेर १६ सय ४५ दसमलव ६७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २७ अंकले बढेर तीन सय २८ दसमलव चार अंकमा चढेको थियो ।

यो साता प्राईम कर्मसियल बैंक, प्रभु बैंक, एनएमबी बैंक, ग्लोवल आईएमई बैंक आदिको बढी रकम कारोवार भएको छ । सेयर कारोवार भएकोमा संख्याको आधारमा पनि यो साता प्राईम कर्मसियल बैंक, प्रभु बैंक आदि नै अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।