देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने

देशान्तर

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगनीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४.८४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक सााधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।