देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा झिनो अंकको गिरावट

देशान्तर

काठमाडौं – अघिल्लो दिन ४१ अंकले बढेको नेप्सेमा साताको अन्तिम कारोवार दिन आज बिहिबार भने झिनो अंकले गिरावट आएको छ । नेप्से आज एक दसमलव ७८ बिन्दुले घटेर १६ सय ४५ दसमलव ६७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २७ बिन्दुले बढेर तीन सय २८ दसमलव चार अंकमा चढेको छ ।

एक सय ९२ वटा कम्पनीहरुको ४१ हजार नौ सय नौ पटकको कारोवारमा एक करोड तीन लाख ६५ हजार छ सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार आठ सय ४५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये छ वटा समुहको सुचक घटेकाछन भने छ वटाको बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव २७ अंकले घटेर १३ सय ४० दसमलव ९२ बिन्दुमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १६ दसमलव ८२ अंकले घटेर २१ सय ३५ दसमलव ८९ बिन्दुमा झरेको छ । यि बाहेक होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने ३९ दसमलव ८९ अंकले बढेर आठ हजार ८० दसमलव ८० बिन्दुमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि आठ दसमलव ८६ अंकले बढेर नौ हजार सात सय १९ दसमलव ३१ बिन्दुमा चढेको छ । यि बाहेक ट्रेडिङ, जलबिद्युत, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवश्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मुल्य तीन दसमलव ९७ प्रतिसतले घटेर तीन सय ८७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको प्राईम कर्मसियल बैंकको भने प्रतिकित्ता तीन सय ३४ रुपैयाँ अन्तिम मुल्यमा १३ करोड ७८ लाख एक हजार तीन सय छ रुपैयाँको कारोवार भएको छ ।