देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। थपिएकामा गोरखाका २५ जना, कास्कीका ९, तनुहँका ६ जना म्याग्दीका ५ जना र पर्वतका २ जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ९२ पुगेको छ। तीमध्ये ४ हजार ६६ जना निको भएका छन्। गण्डकीमा कोरोनाले अहिलेसम्म ७१ जनाको ज्यान लिएको छ।