देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल: मुम्बई इन्डियन्स ५ विकेटले बिजयी

देशान्तर

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।१६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।

इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई-दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

बेङ्ग्लाेरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए । कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

एबी आउट हुँदा बेङ्ग्लाेरको स्कोर ३-१३१ रन रहेको थियो । शिवम् दुवे व्यक्तिगत दुई रन बनाएर आउट हुँदा ४-१३४ स्कोर थियो । त्यही स्कोरमा देवदत्त पड्क्किल पनि आउट भए । उनी अर्धशतकीय पारी खेल्दै पभेलियन फर्किए । पडिक्कले ४५ बलमा ७४ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

छैठाैं विकेटको रुपमा क्रिस मोरिस ४ रन जोडेर आउट भएका थिए । अन्तिममा गुरकित सिंह र वासिङ्टन सुन्दरले २६ रनको साझेदारी गर्दै बेङ्ग्लाेरको स्कोर १६४ रन पुर्‍याएका थिए । गुरकित १४ तथा सुन्दर १० रनमा नट आउट रहे ।