देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज १९ सय ५४जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।