देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना कहरकाबीच विहारमा मतदान सुरु

देशान्तर

एजेन्सी । नेपालको सीमावर्ती भारतीय प्रान्त विहारमा विधानसभाको २४३ सिटका लागि आज (बुधवार) पहिलो चरणको मतदान सुरु भएको छ । विहार विधानसभा चुनाव भारतमा कोरोना महामारीबीचको पहिलो चुनाव हो । पहिलो चरणमा विहारका १६ वटा जिल्लाका कुल ७१ सिटका लागि मतदान भइरहेको छ ।

पहिलो चरण अन्तर्गत भारतको केन्द्रिय सत्तारुढ गठबन्धनको तर्फबाट विहारका वर्तमान मुख्य मन्त्री नितिश कुमार पार्टी जनता दल युनाइटेडले ३५ सिटमा, भाजपाले २९ सिटमा, जितन राम माझीको हम–एसले ६ सिटका लागि र वीआईपी पार्टीले १ सिटका लागि चुनाव लडेका छन् ।

उता विपक्षी गठबन्धनमा विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पार्टी आरजेडीले ४२ सिटमा, कांग्रेसले २१ सिटमा र सीपीआईएमएलले ८ सिटमा चुनाव लडिरहेका छन् ।
यसैगरी पहिलो चरणमा लोक जनशक्ति पार्टीले ४१ स्थानमा उम्मेदवार खडा गरेको छ । उक्त दलले पहिलो चरणमा सत्तारुढ दल जनता दल युनाइटेडको विरुद्ध सबै ३५ स्थानमा उम्मेदवार खडा गरेको छ ।