देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्‍वभर चार लाख १० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – विश्‍वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख १० हजार ५११ जना संक्रमित थपिएका छन्। २४ घण्टामा विश्वमा थप पाँच हजार १०१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

हालसम्म विश्‍वभर संक्रमणका कारण ११ लाख ६४ हजार २२७ जनाको मृत्यु भएको छ । तीन करोड २१ लाख ६२ हजार ८७ जना संक्रमणमुक्त भएका छन्। विश्‍वमा अहिले एक करोड चार लाख ४३ हजार २८१ सक्रिय संक्रमित छन्। तीमध्ये ७८ हजार ८७७ जना गम्भीर बिरामी छन्।