देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

देशान्तर

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा छ ।

यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।