देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेलकतासँग पराजित भएपछि दिल्लीकाे शीर्ष स्थान पुग्ने माैका गुम्याे

देशान्तर

इंन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्ससँग ५९ रनकाे हार ब्यहोरेको छ । शनिबार भएको खेलमा हार ब्यहोरेसँगै दिल्लीले प्लेअफको यात्रा पक्का गर्नबाट चुकेको छ भने शीर्ष स्थानमा उक्लने मौका पनि खेर फाल्यो ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले सुनील नरायन र नितेश राना अर्धशतकको मद्दतले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९४ रन बनायो ।

खराव सुरुवात गरेको कोलकाताले ११ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर शुभंम गिल मात्र नौ रनमा आउट भए । त्यसपछि ३५ रनमा दोस्रो विकेट गुमाएको कोलकाताका राहुल त्रिपाठी मात्र १३ रनमा पेभेलियन फर्किए । त्यसका लगत्तै दिनेश कार्तीक पनि तीन रनमा आउट भएपछि कोलकाताले ४२ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि सुनील र रानाले चौथो विकेटका लागि ११५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । टिमको स्कोर एक सय ५७ रन हुँदा सुनील आउट भए । सुनीलले ३२ बलमा ६४ रन बनाए । उनले ६ चौका र चार छक्का प्रहार गरेका थिए ।

यस्तै नितेश रानाले अविजीत ८१ रन बनाए । उनले ५३ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै इयाेन माेर्गनले अविजित १७ रन बनाए । बलिङमा कागिसो राबाडा, मार्कुस स्टाेनीस र एनरिच नोर्जीले दुई दुई विकेट लिए ।

जवाफमा दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३५ रनमा रोकियो । खराव सुरुवात गरेको दिल्लीले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर अजिन्क्या राहाणे शुन्य रनमा आउट भए ।

त्यसपछि १३ रनमा दोस्रो विकेट गुमाएको दिल्लीले ७६ रनमा तेस्रो विकेट खेल फाल्यो । उसका मिडिलअडरका खेलाडीविच राम्रो साझेदारी हुन सकेन । जसका कारण दिल्लीले एक सय १० रन बनाउँदा ६ विकेट गुमायो ।

दिल्लीका शिखर धवन ६ रनमा आउट भए भने ऋषभ पन्त २७, सिमरन हिटमेयर १० रनमा पेभेलियन फर्किए । यस्तै मार्कुस स्टोनीसले मात्र ६ रन बनाए भने कप्तान श्रेयस ऐयरले ४७ रन बनाए ।

त्यसपिछ पिन अक्सर पटेल नौ रनमा आउट भएपछि दिल्लीको हार सुनिश्चित भएको थियो । दिल्लीलाई पारीलाई कमजोर पार्न बरुन चक्रवर्तीले पाँच विकेट लिए । आइपीएलमा उनी पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन ।

यो जितपछि कोलकाताको ११ खेलमा १२ अंक भएको छ । उसले प्लेअफको यात्रा बलियो बनाएको छ । दिल्लीकाे जारी प्रतियाेगितामा चाैथाे हार हाे ।