काठमाडौ । गण्डकी प्रदेशमा थप १०८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान र मध्यान्ह गरी चार पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १०८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो।
नयाँ थपिएका संक्रमितमा कास्कीका ५७, नवलपरासी पूर्वका २५, पर्वतका ११, तनहुँ ११, गोरखा ३ र बगलुङका १ जना रहेका छन्। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४५९ पुगेको छ।
प्रतिक्रिया