देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैँ बिदामा पनि बजार अनुगमन हुने

देशान्तर

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो ।

विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्ने जानकारी दिए ।

नियमित पाँच-सात टोलीले बजार अनुगमन गर्दासमेत अनुचित क्रियाकलाप वृद्धि हुँदै गएको जानकारी दिँदै उनले “बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्ने बताए ।गोरखापत्र दैनिकमा खवर छ ।