काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् ।
७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९९२ पुगेको छ ।
प्रतिक्रिया