देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोनाबाट २४ घण्टामा ६९० जनाको मृत्यु

देशान्तर

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६९० जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख १७ हजार ३०६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४ हजार ३६६ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७७ लाख ६१ हजार ३१२ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ६९ लाख ४८ हजार ४९७ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ७३ हजार ९७९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै ६ लाख ९५ हजार ५०९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १० करोड १ लाख १३ हजार ८५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १४ लाख ४२ हजार ७२२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।