देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहिबार नेप्सेमा आठ दसमलव ५४ अंकले वृद्धि

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्सेमा हरियाली छाएको छ । नेप्से आज आठ दसमलव ५४ अंकले बढेर १६ सय छ दसमलव २५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९१ अंकले बढेर तीन सय १८ दसमलव ५६ बिन्दुमा चढेको छ । एक सय ८७ वटा कम्पनीहरुको ३० हजार तीन सय २८ पटकको कारोवारमा ६४ लाख ५७ हजार आठ सय ३३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार नौ सय १९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये आठ वटा समुहको सुचक बढेकाछन भने चार वटा समुहको सुचक घटेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव एक अंकले बढेर १२ सय ९२ दसमलव पाँच बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ३८ दसमलव ५२ अंकले बढेर सात हजार नौ सय ९३ दसमलव ८४ बिन्दुमा चढेको छ । यसैगरी बिकास बैंक, लघुबित्त, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । जीवन बीमा समुहको सुचक भने आज १० दसमलव एक अंकले घटेर नौ हजार पाँच सय ९९ दसमलव ७७ अंकमा झरेकोमा जलबिद्युत, होटल र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८९ प्रतिसतले बढेर पाँच सय ८९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मुल्य तीन दसमलव ६१ प्रतिसतले घटेर एक सय ८७ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको कुमारी बैंकको प्रतिकित्ता दुई सय ३७ रुपैयाँ अन्तिम मुल्यमा १४ करोड १५ लाख ४५ हजार दुई सय ३७ रुपैयाँको कारोवार भएको छ ।