देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

देशान्तर

काठमाडौ । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १२ का ६७ वर्षीय पुरुष रहेका छन् ।

उनको कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि घरमै बसेका ती पुरुषको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । यसअघि पनि गण्डकी शिक्षण अस्पतालमा तनहुँ दमौलीकी ६८ वर्षीया महिलाको मृत्यु भएको थियो ।