स्पेनमा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।
योसँगै स्पेन पश्चिम यूरोपमा १० लाखभन्दा धेरै सङ्क्रमित हुने पहिलो देश बनेको बीबीसीले जनाएको छ ।
सन् २०२० को जनवरी ३१ मा पहिलो सङ्क्रमित भेटिएको स्पेनमा गएको २४ घण्टामा झण्डै १७ हजार सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको खबरमा उल्लेख छ ।
त्यहाँको सरकारले अहिलेसम्म १० लाख ५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि गरेको छ । तर कोरोना सङ्क्रमितको संख्या अध्यावधिक गरिरहेको वल्ड्रोमिटरका अनुसार स्पेनमा सङ्क्रमितको संख्या १० लाख ४६ हजार नाघेको छ ।
योसँगै स्पेन १० लाख सङ्क्रमित हुने देशको सूचीमा पाँचौं स्थानमा छ । अहिलेसम्म संयुक्त राज्य अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेका छन् । अहिले विश्वभर ४ करोड १४ लाखभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ३ करोड ८ लाख निको भएका छन् । ११ लाख ३५ हजारको भने ज्यान गएको छ ।
प्रतिक्रिया