अफगानिस्तान – अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ । पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारणको मृत्यु भएको हो । त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन् ।
घोरका स्वास्थ्य अधिकारी जुमा गुल याकुबीका अनुसार घाइते हुनेमा प्रहरी अधिकारीहरू समेत छन् । घट्नाको अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएका छैनन् । घाइतेहरूको उद्दार गरी विभिन्न अस्पतालमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रतिक्रिया