देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

देशान्तर

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागु भएको छ। यसअघि संघले ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो।

आजबाट लागू हुने गरी दुर्गम बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागु गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार उद्योगले खरिद गरेको मूल्य भन्दा कम मूल्यमा बिक्री गरिएतापनि ग्यासका डिलर अनुसार मूल्य फरकरफरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ। संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ।

रसिद नलिएका सिलिण्डरको दायित्व उद्योगले नलिने समेत जनाइएको छ। संघले तोकेको नयाँ मूल्य अुनसार एक सय रुपैयाँ बिक्रेताका लागि छुट्टाइएको छ। संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ।