देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख नाघ्यो

देशान्तर

‍काठमाडौं – भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।