देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

देशान्तर

ललितपुर – कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

महालक्ष्मीमा आज दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २६९, सक्रिय सङ्क्रमित ३४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।