देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

देशान्तर

काठमाडौ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

चार दिनसम्म आइसोलेसन वार्डमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा समस्या आएपछि २५ गते उनलाई आईसीयू कक्षमा सारिएको थियो । आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. गौतमको भनाई छ ।

योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४६ पुगेको छ ।