देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

देशान्तर

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको छ । मेक्सिकोमा ८५ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार एक सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । हिजो एकै दिन अमेरिकामा ८ सय ६९ जना, भारतमा ८ सय ३३ र ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भएको हो ।

हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ६९ हजार पुगेको छ । तिमध्ये जसमध्ये २ करोड ९३ लाख ७० हजार संक्रमणमुक्त भएका छन ।