देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा पञ्जाव विजयी

देशान्तर

क्रिस गेल र कप्तान केएल राहुलले बिस्फोटक पारि खेल्दै अर्धशतक प्रहार गरेपछि इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले दोस्रो जित हात पारेको छ । बिहीबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै पञ्जाबले जारी १३ औं संस्करणको आइपीएलमा दोस्रो जित हात पारेको हो ।

दुबईको सारजहा क्रिकेट स्टेडियममा बैंग्लोरले दिएको १ सय ७२ रनको मध्यम लक्ष पञ्जाबले मात्र २ विकेट गुमाउँदै अन्तिम बलमा भेट्टायो । पञ्जाबका लागि पहिलो खेल खेलेका गेलले अर्धशतकीय पारि खेले । ३६ बलमा अर्धशतक पुरा गरेका गेल ४५ बलमा ५३ रनमा आउट भए । १९ दशमलब ५ ओभरमा रनआउट भएका गेलले ५ छक्का र १ चौका हिर्काए । पञ्जाबले गेललाई आफ्नो आठौं खेलमा मौका दिएको थियो ।उनले सिजनको पहिलो खेलमानै आफूलाई प्रमाणित गरे । गेलको यो सिजनको आइपीइलमा पहिलो अर्धशतक हो भने आइपीइएल इतिहासको २९ औं अधशतक हो । योसंगै उनले आइपीएलमा ब्यक्तिगत ४ हजार ५ सय रन समेत पुरा गरे ।

यस्तै पञ्जाबका कप्तान लोकेस राहुल ६१ बलमा अविजित रहे । उनले ४९ बल खेल्दै ५ छक्का र १ चौका हाने । अन्तिम बलमा छक्का प्रहार गर्दै पञ्जाबलाई जिताएका निकोलस पुरन अविजित रहे ।

यस्तै पञ्जबका लागि ओपनर मयंक ग्रवालले ४५ रन बनाए । बिस्फोटक पारि खेलेका अग्रवालले २५ बलमा ३ छक्का र तीन चौका प्रहार गरेपछि युज्वेन्द्र चाहलको बलमा बोल्ड आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले पञ्जाबलाई जितका लागि १ सय ७२ रनको लक्ष दिएको थियो । सारजहा क्रिकेट स्टेडियममा बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले ४८ रनको योगदान गरे । ओपनर देभदत्त पाडिक्कलको विकेटपतनसंगै क्रिजमा आएका कप्तान कोहली अर्धशतकबाट २ रनले चुके । ४८ रन बनाउन ३९ बलमा ३ चौका हिर्काएका कोहली आइपीएलमा सर्वाधिक अर्धशतक हान्ने भारतीय खेलाडीको रेकर्ड बराबर गर्न असफल भए । आइपीएलमा सर्वाधिक अर्धशतक हैदराबादका डेभिड वार्नरको नाममा छ । दोस्रो स्थानमा दिल्लीका सिखर धवन छन् । यसअघि बुधबार धवनले दिल्लीका लागि अर्धशतक प्रहारगर्दै कोहलीलाई पछि पारेका थिए । कोहलीलाई मोहमद सामीको बलमा विकेट किपर तथा कप्तान केएल राहुले क्याच लिँदै आउट गरे ।

यस्तै पञ्जाबविरुद्ध एरोन फिंचले १८ बलमा २० रन बनाए । पाडिकलले १८, वासिंन्टन सुन्दरले १३ रन बनाए । सिभम दुबेले २३ रन बनाउँदा क्रिस मोरिस २५ रनमा नटआउट रहे । इशुरु उडानाले १० रन बनाए । पञ्जाबका मोहमद सामीले २ तथा मुरुगन आश्विनले २ विकेट लिए ।

जारी आइपीएलमा पञ्जाबको यो दोस्रो जित हो । बैंग्लोरको भने यो तेस्रो हार हो । आइपीएलको प्लेअफमा स्थान बनाउन पञ्जाबलाई बाँकी खेल जित्नै पोनृ दबाब छ । पञ्जाबको तालिमा ४ अंक छ र टोली तालिकाको पुछारमा छ ।