देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा सामान्य अंकले बृद्धि

देशान्तर

काठमाडौं – नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने सामान्य अंकले बढेको हो । नेप्से आज एक दसमलव २९ अंकले बढेर १५ सय ६२ दसमलव ४६ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले बढेर तीन सय १० दसमलव आठ बिन्दुमा चढेको छ ।

एक सय ९६ कम्पनीहरुको २३ हजार ८९ पटकको कारोवारमा ४९ लाख ९४ हजार तीन सय ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ४२ करोड ५८ लाख ९० हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये पाँच वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव नौ अंकले बढेर १२ सय ४९ दसमलव दुई बिन्दुमा चढेकोमा जलबिद्युत, ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ ।

बिकास बैंक समुहको सुचक भने आज ११ दसमलव एक अंकले घटेर दुई हजार ५६ दसमलव ५७ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २४ दसमलव ४२ अंकले घटेर सात हजार सात सय चार दसमलव १९ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुलक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमालव ८७ प्रतिसतले बढेर तीन सय ३४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव २१ प्रतिसतले घटेर छ सय ७३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता आठ सय ५४ रुपैयाँ अन्तिम मुल्यमा सात करोड ४० लाख ८४ हजार दुई सय २३ रुपैयाँका कारोवार भएको छ ।