देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा १ हजार ९३४ जना नयाँ कोरोना संक्रमित

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।