देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन बजारमा, यस्ता छन् विशेषता

देशान्तर

सिमुलेशन साइन्ससेन्टरका प्राविधिक निर्देशक सुदन बस्नेत

सिमुलेशन साइन्स सेन्टरले इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन सिस्टम (Electrolyzed Water Disinfection System) (HOCL) बजारमा ल्याएको छ । मानिसको बाहिरी शरिर तथा अन्य वस्तुहरुमा रहेको कोभिड– १९ लगायत कुनैपनि प्रकारको भाइरसलाई शतप्रतिशत निस्क्रिय बनाउन सक्ने सेन्टरका प्राविधिक निर्देशक सुदन बस्नेतले जानकारी दिए । प्रस्तुत छ ज्इऋी को प्रविधि र उपयोगिताको बारेमा बस्नेतसँग गरिएको कुराकानीको सारसंक्षेप :

सिमुलेशन साइन्स सेन्टरले इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन सिस्टम बजारमा ल्याएको छ, यो कस्तो खालको प्रविधि हो ?

यो अटोमाइजिङ प्रविधिमा आधारित मेशिन हो । यसको निर्माण दुइवटा एकाईलाई जोडेर गरिएको छ । पहिलो एकाई Electrolyzed Water Generator (EWG) ले भाइरस निर्मलीकरण वाफ उत्पादन गर्छ जसको उपयोग घरमा स्यानिटाइजरको लागि र डिसइन्फेक्ट्यान्ट सिस्टम एकाइको लागि पनि गरिन्छ । EWG आफै पनि एउटा Mini Version of Fogging System हो । यसको दोस्रो एकाई Disinfectant System ठूलो भवन र मानिसहरुलाई Disinfect गर्नलाई बनाइएको एउटा Open Fogging Uni हो । यसमा भएको मशिनले EWG Solution मा उत्पादन गर्छ र हावालाई पनि विषाणुमुक्त गर्छ ।

इलेक्ट्रोलाइज्ड वाटर के हो ?

नुन पानीको अम्लीय झोलमा विद्युत प्रवाह गरेपछि, पानी र नुन एकअर्कासँग प्रतिक्रिया गर्छन र नयाँ Solution उत्पादन गर्छन् । नयाँ उत्पादित Solution लाई नै हामीले Electrolyzed Water भन्छौं । यो एउटा PH Neutral भएको र अत्यन्त प्रभावकारी कीटाणुनाशक हो ।

भाइरस मार्न यो कत्तिको भरपर्दो छ ?

नुन पानीको प्रतिक्रियाबाट बनाएको Solution बजारमा भएका कीटाणुनाशकहरूमा सबभन्दा बढी प्रभावशाली छ । कीटाणु, जीवाणु र विषाणुहरु मार्नको लागि Electrolyzed Water Bleach भन्दा १०० गुना बढी असरकारक हुन्छ । HOCL विषाणुहरूमा अत्यन्त प्रभाकारी छ । E. Coli, Avian Flu, Novo Virus, Swine Flu, HiV, MRSA, Poliovirus, SARS Cov–2 (कोभिड– १९) जस्ता धेरैजसो भाइरसबाट मानिसको बाहिरी शरिर तथा वस्तुलाई निर्मलीकरण गर्न सकिन्छ ।

Electrolyzed Water ले कसरी काम गर्छ ?

नुन पानीको प्रतिक्रियाबाट बनिएको झोलमा ९० प्रतिशत Hypocholoric Acid बन्छ, HYPOCHOLROUS Acid ले सजिलैसँग विषाणुहरुको सेल भित्ता, प्रोटिन कोट र लिपिड एनभेलपमा प्रवेश गरेर सबै नष्ट गर्छन् । तर मानिसलाई केही असर पार्दैन । HOCL ले आँक्सीकरणको सहायताले भाइरसहरुको DNA र RNA संरचना र प्रतिक्रिया गर्ने विधिलाई पनि नष्ट गर्दछ ।

मानिसको शरीरमा नकारात्मक असर गर्छ की गर्दैन ?

Electrolyzed Water मा नुन, पानी र सिरका अतिरिक्त कुनैपनि रसायन मिसाइएको छैन । Electrolyzed गरिसकेपछि बेनको हाइपोक्लोरिक एसिड (HO) एउटा प्राकृतिक कीटाणुनाशक हो । मानिसको शरिरको श्वेत रक्तकणले पनि रुघा लाग्नबाट बचाउनको लागि HOCL नै उत्पादित गर्छ । 200PPN HOCL Concentration भएको Electrolyzed Water लाई WHO, FDA र USDA, EPA हरुले पनि स्वीकृति दिएका छन् ।

यसको प्रयोग कस्तो कस्तो ठाउँमा, कसरी गर्न सकिन्छ ?

यसले प्रकृति, मानव र जीवजन्तुलाई कुनैपनि प्रकारको नोक्सान पुर्‍याउदैन । त्यसले गर्दाा हामीले आफ्नो आवश्यकताअनुसार कुनैपनि ठाउँमा प्रयोग गर्न सक्छौ । उदाहरणको लागि घरमा, पशुपालन, विद्यालय, एयरपोर्ट, कार्यालय लुगाहरु आदिमा प्रयोग गर्न सकिन्छ । भ्ध् लाई विभिन्न उद्देश्यको लागि प्रयोग गर्न सकिन्छ । जस्तो भवनहरुमा भएका यन्त्र र सामानहरु स्यानिटाइज गर्नलाई प्रयोग गर्न सकिन्छ । खानेकुराहरुलाई निर्मलीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै बच्चाहरूको सामान र खेलौनाहरुलाई डिसइन्फेक्ट गर्न पनि प्रयोग गर्न सकिन्छ ।