देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेम्बरको बार्षिकोत्सवमा हरिवनमा आश्रमका बालबालिकालाई नयाँ कपडा

देशान्तर

सर्लाही । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा चेम्बर आफ कमर्सको प्रदेश नम्बर २ समिती र सर्लाही जिल्ला समितिले बालआश्रममा आश्रीत बालबालिकाहरुलाई नयाँ कपडा प्रदान गरेको छ । मंगलबार सर्लाहीको हरिवन विशेष कार्यक्रमका बीच प्रदेश दुई कमिटीका वरिष्ठ उपाध्यक्ष निराजन कार्की र सर्लाही जिल्ला कमिटीका अध्यक्ष रामभक्त प्रधानले बालबालिकालाई प्रदान गर्ने कपडाहरु उज्यालो अभियानका अध्यक्ष तथा प्रबन्ध निर्देशक टंकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका थिए ।

उज्यालो अभियान अनलाईन सञ्चालन गर्ने उज्यालो अभियान मिडिया नेटवर्क प्रालि मार्फत बालआश्रममा आश्रीत बालबालिकालाई नयाँ कपडा प्रदान गरेको हो । चेम्बर प्रदेश दुई कमिटीका वरिष्ठ उपाध्यक्ष कार्कीद्वारा प्राप्त उक्त कपडाहरु मंगलबार दिउँसै हरिवनको घुर्कौली स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृह र सर्भीस फर पिस नेपालद्वारा सञ्चालित बालआश्रममा प्रदान गरिएको उज्यालो अभियानका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

त्यस्तै कार्कीले पत्रकारहरुका लागि ५० थान एन ९५ मास्क समेत प्रदान गरेका छन् । अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने हुनाले पत्रकारहरुलाई मास्क सहयोग गरेका छन् ।

यसैबीच चेम्बर अफ कमर्स हरिवनको कार्यालय समेत मंगलबार नै उद्घाटन गरिएको छ । हरिवन बजार स्थित कृष्ण मन्दिरदेखि दक्षिणको घरमा स्थापना गरिएको कार्यालयको प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीले गरेका थिए । कार्यालय उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल हरिवनका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख केदारमान दोङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमहरुमा चेम्बरका जिल्ला अध्यक्ष रामभक्त प्रधान, हरिवनका अध्यक्ष कृष्णओम पोते, चेम्बरका पदाधिकारीहरु टोपराज लुईटेल, गौरि महतो, राजेश चौधरी, विप्लव कार्की लगायत हरिवन बजार स्थित उद्योगी व्यापारीहरुको सहभागिता रहेको बताईएको छ ।

त्यस्तै वार्षिकोत्सवकै अवसरमा चेम्बर अफ कमर्स हरिवनले हरिवन बजारमा घुमेर सर्वसाधारण एवं व्यापारीहरुलाई मास्क समेत वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवलाई पनि सुरक्षाकर्मीका लागि मास्क प्रदान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा हरिवन बजारमा मंगलबार साँझ दिप प्रज्वलन गरिएको थियो ।