देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूईएफए नेसन्स लिगमा स्पेन पराजित

देशान्तर

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो हार व्यहोरेको छ ।

नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार व्यहोरेको हो ।

सुरुवाती तीन खेल मध्येमा दुई खेलमा जित र एक खेल बराबरी खेलेको स्पेनले चौथो खेलमा भने युक्रेनसँग पराजित हुन पुगेको हो ।

युक्रेनको जितका लागि खेलको एक मात्र निर्णायक गोल भिक्टर छिहान्कोभले गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

पराजित भए पनि चार खेलबाट सात अंकसहित स्पेन समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले ३–३ को बराबरी खेलेका छन् ।

६ अंकसहित जर्मनी समूहको दोस्रो स्थानमा छ । युक्रेनको पनि ६ अंक नै रहेको छ ।

गएराति नै भएका अरु खेलमा माल्टाले लात्भियालाई १–०, फारोइ आइल्याण्डले एन्डोरालाई २–० तथा लग्जेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले पराजित गरेका छन् ।

यस्तै अजरबैजान र साइप्रस तथा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन् ।