देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित

देशान्तर

काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। आज देशभर ३३ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।